देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओलीको साथमा उभिनेछौँ : गगन थापा

देशान्तर

काठमाडौँ – पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले जनताको जीवन रक्षा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्ने बताए ।

शनिवार ट्वीटरमा एक भिडियो सन्देश जारी गर्दै नेता थापाले कोरोना महामारीसँग जुध्नका लागि मन, ध्यान, शक्ति, उर्जा र सबै संयन्त्र लगाउन आग्रह समेत गरे ।

उनले भनेका छन्, फेरि एकपटक मौका पाउनु भएको छ। अब केही दिन तपाईं अन्य सबै कुरा छोडेर मन,ध्यान,शक्ति,उर्जा, संयन्त्र सवै महामारीसँग जुध्न लगाउनुहोस्। हामी पनि अबको केही समय तपाईँसँगका सवै असहमतिलाई बिसाएर जनताको जीवन रक्षा गर्न तपाईंको साथमा उभिनेछौँ।