देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रियसभा उपनिर्वाचनमा बादललाई भोट हाल्नू एमालेको निर्देशन

देशान्तर

काठमाडौं – नेकपा एमाले काभ्रे जिल्ला कमिटीले यही जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’लाई भोट हाल्न निर्देशन दिएको छ ।

जिल्ला अध्यक्ष अशोककुमार ब्याञ्जुले एक विज्ञप्ति जारी गरेर पार्टीको उमेदवार बादललाई जिताउन प्रदेशसभा सदस्य र पालिका प्रमुख, उपप्रमुखहरूलाई निर्देशन दिएको हो।

“नेकपा एमालेको आधिकारिक उमेदवार रामबहादुर थापा बादलबाहेक अन्य उमेदवार छैनन्,” जिल्ला अध्यक्ष ब्याञ्जुले भनेका छन्, “कथित प्रचारबाजीको भ्रममा नपरी पार्टीका उमेदवार बादललाई सूर्य चिह्नमा मतदान गरी विजय गराउन काभ्रे जिल्लाका सबै प्रदेशसभा सदस्य नगरपालिकाका प्रमुख उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्षहरू अनुरोध गर्छु ।”