
नेपाली कांग्रेसले कोरोना रोकथाम र नियन्त्रणमा सरकारलाई थप जिम्मेवार बनाउन ध्यानाकार्षण पत्र बुझाउने भएको छ ।
हिजो बसेको कांग्रेसको संसदिय दलको बैठकले कोरोना नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकाल्दै ध्यानाकार्षण पत्र बुझाउने निर्णय गरेको थियो ।
सोही अनुसार आज कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई भेट्न लागेका हुन् ।
देउवासँगै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरु पनि भेटवार्तामा सहभागी हुने जनाइएको छ ।
कांग्रेसले कोभिडको बढ्दो संकटबारे सरकारसँग छलफल गर्न लागेको हो ।





प्रतिक्रिया