देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रपतिलाई कांग्रेस प्रवक्ताले भने- ‘यहाँप्रतिको श्रद्धा बकैनाको फेदमा झरिसक्यो

देशान्तर

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको गतिबिधिले लाज स्वयं लजाएको टिप्पणी गरेका छन् । सामाजिक संजालमा टिप्पणी गर्दै प्रवक्ता शर्माले बहुमत छैन भनेर विश्वासको मतबाट भागेका प्रधानमन्त्रीले बहुमत छ भने फेरी दाबी गर्दा दुनियाँ हासेको टिप्पणी गरेका छन् ।

प्रवक्ता शर्माले राष्ट्रपतिप्रति पनि टिप्पणी गर्दै सतिसालको शिरमा हुनुपर्ने राष्ट्रपतिप्रतिको श्रद्धा बकैनाको फेदमा झरिसक्यो भन्दै अलमलको गोलमालमा संस्थाको गरिमा ओह्रालो अझै कति लगाउनु हुन्छ ? भन्दै प्रश्न गरेका छन् ।

उनले भनेका छन्-

बहुमत छैन’ भनेर विश्वासको मतबाट भागेका प्रधानमन्त्रीले `बहुमत छ भनेर फेरि दाबि गर्दा दुनियाँ हांसेको छ ! लाज स्वयं लजाएको छ !

राष्ट्रपति महोदय ! सतिसालको शिरमा हुनुपर्ने यहाँप्रतिको श्रद्धा बकैनाको फेदमा झरिसक्यो ! अलमलको गोलमालमा संस्थाको गरिमा ओह्रालो अझै कति लगाउनु हुन्छ ?