देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओली र देउवाको दावी खारेज गरी निर्वाचन घोषणा होस्

देशान्तर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रपतिले शेरबहादुर देउवा र केपी शर्मा ओली दुवैको प्रस्ताव खारेज गर्नुपर्ने माग गरेका छन् ।

संविधानको धारा ७६(५)अनुसार आफूलाई प्रधानमन्त्री बनाउन भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष दावी पेश गरेका छन् । दुवैको दावीमा विश्वासको मत प्राप्त गर्ने आधार नभएको भन्दै खारेज गरी निर्वाचन घोषणा गर्नु पर्ने माग थापाले गरेका हुन् ।

‘दुवै जाली–किर्ते हुन्। दुवै खारेज गरी संविधान बमोजिम चुनाव घोषणा होस्’ थापाले सामाजिक सञ्जालमार्फत राष्ट्रपतिलाई आग्रह गरेका छन् । नेताहरुले संघीय गणतन्त्रलाई गाई जात्रामा परिणत गरेको लोकतन्त्रको नाममा ब्रम्हलुट गरेको आरोप लगाउँदै थापाले अब जनतालाई नै विकल्प खोज्ने अवसर दिनुपर्ने बताएका छन् ।