देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसको आकस्मिक बैठक बस्दै

देशान्तर

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेपछि नेपाली कांग्रेसको आकस्मिक बैठक बस्ने भएको छ। नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण मतले मध्यरातमा संविधान मास्ने कार्य भएको भन्दै अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न बैठक बस्ने जानकारी दिए।

बैठक शनिबार विहान बस्ने भएपनि समय तय भइनसकेको उनले बताए। राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेपछि नेपाली कांग्रेसका नेताहरुले सामाजिक सञ्जालमार्फत उक्त कदमको बिरोध गरेका छन्।