देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोनाविरुद्धको खोप छिट्टै ल्याउँछौँ : ओली

देशान्तर

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप छिट्टै ल्याउने बताएका छन्।

आइतबार बालुवाटारमा भएको पत्रकार सम्मेलनमा खोप ल्याउन पहल गरिरहेको बताएका हुन्।

उनले बाहिरबाट औषधि,पिपिइ,अक्सिजनलगायत अत्यवश्यक स्वास्थ्य सामग्रीहरू पनि ल्याइरहेको बताए।

उनले भने, ‘हाम्रो ध्यान खोपको प्रबन्ध गर्नेमा छ, चीन, भारत, अमेरिका, बेलायत लगायत देशहरुसँग कुराकानी गरिरहेका छौ, खोप ल्याउने प्रयास जारी छ,निकट भविष्यमा खोप आउँछ।’

उनले भारतबाट १० लाख डोज खोप केही कारणले रोकिएको बताए।