देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एसिया कप क्रिकेट २ वर्षका लागि स्थगित

देशान्तर

काठमाडौं – एसियन क्रिकेट काउन्सिल एसीसीले एसिया कप क्रिकेट सन् २०२३ सम्मका लागि स्थगित गरेको छ।

कोरोना महामारी र अन्तर्राष्ट्रिय क्रिकेटको व्यस्त तालिकाका कारण आगामी २ वर्षका लागि प्रतियोगिता स्थगित गरिएको एसीसीले जनाएको छ।

काउन्सिलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सबै ठूला चार एशियाई देशको यस वर्षको अन्त्यसम्म व्यस्त तालिका छ। यसका साथै एसीसीको बैठकले कोरोनाका कारण प्रतियोगिता सारिएको हो।’

यो वर्षको अन्त्यमा टी२० विश्वकप आयोजना हुँदैछ। यस्तै एसेज शृंखला र एक दिवसीय विश्वकप पनि हुने तालिका छ।

सन् २०१८ देखि एसिया कप हुन सकेको छैन। यो प्रतियोगिता २०२० मा सारिएको थियो। यद्यपि, कोरोना महामारीलेगर्दा एसिया कप २०२१ सम्मका लागि स्थगित गरिएको थियो।

यस वर्षको प्रतियोगिता पाकिस्तानबाट श्रीलंका सारिएको थियो। श्रीलंकामा कोरोना महामारी उच्च रहेको छ।

यो बीचमा विभिन्न देशहरुसँग छलफल गरे पनि उपयुक्त समय नमिलेका २०२३ सम्मका लागि स्थगित गरिएको बताइएके छ ।