देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि आजदेखि सुनुवाइ

देशान्तर

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनको प्रारम्भिक सुनुवाई आजबाट हुँदै छ ।

साधरण इजलासमा परेका निवेदनहरूको सुनुवाइ आज हुनेछ भने संवैधानिक इजलासमा सुनुवाइ माग गरेका निवेदनहरुमाथि शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ हुनेछ ।

सर्वोच्च अदालतले आज एकल इजलासमा सुनुवाइ गर्नेछ । प्रधानन्यायाधीशले आफू वा जोकोही एकजना न्यायाधीशका लागि तोक्न सक्नेछन् । शुक्रबारको सुनुवाइ भने ५ सदस्यीय संवैधानिक इजलासमा नै हुनेछ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि सर्वोच्च अदालतमा ३० वटा रिट परेका छन् । तीमध्ये १९ रिट साधारण इजलास र ११ रिट संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका छन् । साधरण इजलासमा परेका १९ निवेदनको सुनुवाई आज हुनेछ ।