देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सभापति देउवाद्धारा मल्लको निधनप्रति दुःख व्यक्त

देशान्तर

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनको काठमाडौँस्थित निदान अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत पार्टीका नेता, पूर्व प्रदेश प्रमुख, समाजसेवी, असल, वौद्धिक एवं शालिन व्यक्तित्वका धनी मल्लको असामयिक निधनको खबरले दुःखी बनाएको उल्लेख गरेका छन् ।

देउवाले उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्ना तर्फबाट समवेदना प्रकट गरेका छन् । कैलाली निवासी मल्ल कांग्रेसका महासमिति सदस्य रहेका थिए ।