देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘जनप्रतिनिधिमूलक संस्थाको अवमूल्यन स्वीकार्य छैन’

देशान्तर

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संविधानले दिएको जिम्मेवारीअनुसार आफू अघि बढ्न तयार रहेको बताएका छन् । प्रतिनिधिसभा विघटनबारे संविधानविद् र कानुन व्यवसायीसँग परामर्शपछि सभामुख सापकोटाले जनताले दिएको निहीत अधिकार प्रयोग गर्न आफू पछि नहट्ने बताए ।

जनताको हितभन्दा दायाँ–बायाँ गर्ने अधिकार कसैलाई नभएको र आफू पनि सोहीअनुसार चल्ने उल्लेख गर्दै सभामुख सापकोटाले भने, ‘आवश्यक पर्दा देश, जनता, संविधान, लोकतन्त्र र नेपाली जनताको अधिकारका लागि मैले नेपाली जनताले प्रदान गरेको निहीत अधिकारलाई प्रयोग गर्नुपर्छ ।’

संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहीबार भएको परामर्श बैठकमा बोल्दै सभामुख सापकोटाले जनप्रतिनिधिमूलक संस्थाको अवमूल्यन स्वीकार्य नभएको बताए । प्रतिनिधिसभाले नै राष्ट्रपति, प्रधानमन्त्री, सभामुख तय गरेको भन्दै उनले भने, ‘यसलाई अवमूल्यन गर्ने कुरा किमार्थ स्वीकार्य हुँदैन ।’