देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कारबाही हुनुपर्छ : अध्यक्ष राणा

देशान्तर

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति सम्शेर जबराले महामारीमा अहोरात्र खट्ने स्वास्थ्यकर्मीमाथि आक्रमण भएकोमा चिन्ता प्रकट गरेका छन् । स्वास्थ्यकर्मीमाथि भेरी अस्पतालमा बिहीबार भएको आक्रमणको आवश्यक छानविन गरी दोषीमाथि कारबाही गर्न अध्यक्ष राणाले माग गरेका छन् ।

संकटको समयमा स्वास्थ्यकर्मीको हौसला कायम राख्नु पर्दछ भन्दै राणाले जोड दिएका छन्। संयम अपनाउँदै स्वास्थ्यकर्मीलाई सहयोग गन उनले शुक्रबार ट्वीट गर्दै सबैमा अपिल गरेका छन्।

‘भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण सम्पूर्ण समाजको लागि चिन्ताको विषय हो। संकटको घडीमा संयम कायम राख्दै अग्रपंक्तिमा अहोरात्र खट्ने स्वास्थ्यकर्मीलाई सहयोग गर्न, उत्साह बर्करार राख्न अपिल गर्दछु,’ अध्यक्ष राणाले भने। ‘आवश्यक छानविन र दोषीमाथि कारवाहीको माग गर्दछु।’ भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण सम्पूर्ण समाजको लागि चिन्ताको विषय हो।

संकटको घडीमा संयम कायम राख्दै अग्रपंक्तिमा अहोरात्र खट्ने स्वास्थ्यकर्मीलाई सहयोग गर्न, उत्साह बर्करार राख्न अपिल गर्दछु। आवश्यक छानविन र दोषीमाथि कारवाहीको माग गर्दछु।