देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुदूरपश्‍चिमको मन्त्रिपरिषद् विस्तार, पाँच मन्त्री र चार राज्यमन्त्रीकाे शपथ

देशान्तर

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारमा पाँच मन्त्री र चार राज्यमन्त्रीले शपथ लिएका छन् ।

प्रदेश प्रमुख गंगाप्रसाद यादवले शुक्रबार एक कार्यक्रमका बीच आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रकाशबहादुर शाह, भौतिक पूर्वाधार विकास मन्त्री दिर्घ सोडारी, सामाजिक विकास मन्त्रीमा लालबहादुर खड्का, उद्योग पर्यटन तथा वनवातावरण मन्त्रीमा मानबहादुर धामी र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा पूर्णा जोशीलाई शपथ गराए ।

त्यस्तै राज्यमन्त्रीमा आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा अर्चना गहतराज, भौतिक पूर्वाधार विकास मन्त्रीमा चुनकुमारी चौधरी, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा मानबहादुर सुनार र सामाजिक विकास राज्यमन्त्रीमा मना साउँदलाई प्रदेश प्रमुख यादवले शपथ गराए ।

यससँगै सुदूरपश्चिम प्रदेश सरकार ११ सदस्यीय भएको छ । यसअघि आजै आन्तरिक मामिला तथा कानुन मन्त्रीबाट प्रकाश शाह, सामाजिक विकासमन्त्रीबाट कृष्णराज सुवेदी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले सहमतिमै राजीनामा दिएका थिए ।

राजीनामा दिएकामध्ये शाह आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्ति भइसकेका छन् ।