देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

देशका लागि पार्टीभित्रैबाट अनिष्ट भइरहेको ओलीको आरोप

देशान्तर

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैका नेताबाट देशको लागि अनिष्ट हुने काम भइरहेको बताएका छन्।

तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उनले संसदीय प्रणाली र दलीय प्रणालीमा विश्वमै कतै नहुने घटना नेपालमा भइरहेको बताए।

उनले नेता माधवकुमार नेपालप्रति इंगित गर्दै नेतृत्व नै धमिलो भएपछि कार्यकर्तामा त्यसमा प्रभाव पर्नु स्वाभाविक भएको टिप्पणी गरे। अध्यक्ष ओलीले माधव नेपाल पक्षले मुलुकविरुद्ध निकै ठूलो अनिष्टको काम गरिरहेको दाबी पनि गरे।

उनले भने, ‘तिनले खाएको शपथ झुटो हो ,तीनका शपथ बेइमानी हो। तीनका शपथभित्र स्वार्थ पूरा गर्ने कपट लुकेको हुन्छ। अहिले तिनले खाएका सपथ सम्झनुहोस् त। तीनले कहाँ कहाँ शपथ खाए होलान् तर देशको विरुद्ध बहुतै ठूलो अनिष्टको काम गरिरहेका छन्।‘

अध्यक्ष ओलीले आफ्नै पार्टीका नेताहरूबाट अनुशासनहीन, अराजक, पार्टी निर्देशनविपरित फ्लोर क्रस गर्ने, पार्टी अनुशासन नमान्‍ने र पार्टी फोड्ने, पार्टीविरुद्ध जाने, अर्कै उम्मेदवार उठाउने जस्ता दुनियाँको कुनै इतिहासमा नभएको घटना भएको बताए।