देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पार्टीले मलाई २० हजार तलब दिन्छ : विप्लव

देशान्तर

काठमाडौं – नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफूलाई पार्टीले मासिक २० हजार तलब दिने बताएका छन् ।

तपाईंलाई तपाईंको पार्टीले मासिक कति तलब दिन्छ भनी सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘म २० हजार लिन्छु ।’

विप्लवले आफूले ट्याक्टर लगाउने लगायतका काम गर्ने गरेको भन्दै हातको ठेला देखाएका छन् । ‘यो कुनै बनावटी कुरा होइन, हाम्रो एउटा सपना छ,’ उनले भनेका छन्, ‘हामीले त्यो गरेर देखाउँदै पनि छौं ।’