देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अध्यक्ष ओलीले बोलाएको स्थायी कमिटीको बैठक स्थगित

देशान्तर

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटीको बैठक स्थगित भएको छ।

नेताहरुको व्यस्तताका कारण बैठक स्थगित भएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताए। नेताहरुको व्यस्तता र अरु तयारी पनि नपुगेकाले बैठक नबसेको हो उनले भने।

बालुवाटारमा बुधवार ४ बजेका लागि बैठक बोलाइएको थियो। एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल(झलनाथ खनाल समूहसँग भइरहेको एकताको पहल निष्कर्षमा नपुगेको भन्दै स्थायी कमिटीको बैठक अवरुद्ध हुँदै आएको छ। यसअघि आइतवार र सोमवार पनि स्थायी कमिटीको बैठक स्थगित भएको थियो भने मंगलवारको बैठकले एकतका लागि अधिकतम लचकता अपनाउने निर्णय गरेको थियो।

ओली समूह नेपाल– खनाल समूहका दोस्रो तहका नेतालाई भए पनि आफ्नो समूहमा ल्याउनपर्ने भन्दै वार्तामा जुटेका छन्। उक्त रणनीति अनुसार नेपाल समूहका नेपाल, खनाल सहित ११ जनालाई ओलीले कारवाही गरे पनि १२ जनालाई भने कारवाही गरिएको छैन।

ओली– नेपाल समूहका दोस्रो तहका नेताहरुले सोमवार राति याक एण्ड यतिमा एकतका लागि अनौपचारिक वार्ता गरेका थिए। एमाले विवाद समाधानका लागि गठित १० सदस्यीय वार्ता टोली भने हाल निष्क्रिय छ।