देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

६ बुँदे प्रस्ताव कार्यान्वयन भए पार्टी एकता कायमै रहन्छ : नेपाल

देशान्तर

काठमाडौं । विपक्षी एमालेको नेतृत्व गर्दै आएका वरिष्ठ नेता माधवकुमार नेपालले आफूले राखेको ६ बुँदे प्रस्ताव कार्यान्वयन भए पार्टी एकता कायम रहने बताएका छन् । बुधबार जनसंगठनहरुको भेलालाई भर्च्यूअल्ली रुपमा सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।

नेता नेपालले भने- ‘हामी एकताको विपक्षमा छैनौं । तर ६ बुँदे प्रस्ताव कार्यान्वयन हुने सम्भावना देखिँदैन । त्यो कार्यान्वयन भए एकता कायम रहिहाल्छ नि ।’ जनसंगठनका नेताहरुले वार्ता गर्ने भए समय तोकेर प्रयत्न गरिनुपर्ने, त्यसो नभए अलग पार्टी खोल्न पहल गरिनुपर्ने बताएका थिए । नेतृ जयन्ती राईले भनिन्- ‘जे गर्नुपर्ने हो छिट्टै गर्नुपर्ने सुझाव संगठनका नेताहरुले दिएका छौँ ।’

नेता नेपालले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ०७५ जेठ २ को अवस्थामा पार्टी फर्काउनुपर्ने, ०७७ फागुन २८ यता गरिएका निर्णयहरु खारेज हुनुपर्नेलगायतका ६ बुँदे प्रस्ताव राखेका थिए । तर, पार्टी अध्यक्ष ओलीले नेता नेपालको प्रस्ताव कार्यान्वयन गर्नेतर्फ चासो देखाएका छैनन् ।