देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मन्त्रिपरिषद् पुनर्गठनप्रति कांग्रेस प्रवक्ताको टिप्पणी : ‘फैसला’सम्मलाई दुई-चार दिनको घामछाया

देशान्तर

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पुनर्गठित मन्त्रिपरिषद् दुई चार दिनको घामछाया मात्र भएको टिप्पणी गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरी नयाँ मन्त्री नियुक्ति गरेलगत्तै शुक्रबार राति सामाजिक सञ्जालमार्फत प्रवक्ता शर्माले ती पद सर्वोच्च अदालतबाट फैसला नआउन्जेलका लागि मात्रै भएको दाबी गरेका हुन्।

‘पुनर्गठनमा टिप्पणी- प्रधानमन्त्री केपी शर्मा ओलीकै भाषामा कलेजोमा छ क्यान्सर, बूढी औंलामा सिवाजल गोली,’ कांग्रेस प्रवक्ता शर्माले लेखेका छन्, ‘समस्या प्रधानमन्त्रीमै छ, न मन्त्री फाल्नु समाधान हो न पाल्नु। ‘फैसला’सम्मलाई दुई चारदिनको घामछाया।’

प्रतिनिधि सभा पुनःस्थापना गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गरिनुपर्ने माग गर्दै देउवासमेत १४६ सांसदले सर्वोच्च अदादलतमा हालेको मुद्दामा बहस जारी छ। साथै संसद् विघटनविरुद्ध अन्यले दर्ता गराएका २५ रिट पनि विचाराधीन छन्।