देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

खोप नदिएर सरकारले गैरजिम्मेवार व्यवहार देखायो : डा कोइराला

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले शिक्षक तथा विद्यालयका कर्मचारीहरूलाई कोरोना खोप नदिएर सरकारले गैरजिम्मेवार व्यवहार देखाएको बताए ।

विद्युतीय सामाजिक सञ्‍जालमा उनले शिक्षकहरूका लागि तत्काल खोपको व्यवस्था गर्न समेत माग गरेका हुन्। दैनिक हजारौं विद्यार्थीहरूका बीच क्रियाशिल हुनुपर्ने शिक्षक तथा विद्यालयका कर्मचारीहरूलाई दिनुपर्ने बताएका छन् ।

दैनिक हजारौं विद्यार्थीहरूका बिचमा क्रियाशिल हुनुपर्ने शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई अहिलेसम्म पनि खोप नदिएर सरकारले देखाएको गैरजिम्मेवार व्यवहारप्रति दुस्ख व्यक्त गर्दै अग्रमोर्चामा काम गर्नुहुने शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई तत्काल खोपको व्यवस्था गर्न जोडदार माग गर्दछुु, उनले लेखेका छन्।