देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आलोचना भएपछि महतोले भने : राष्ट्रिय एकता र अखण्डतामा प्रतिबद्ध छु

देशान्तर

उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री राजेन्द्र महतोले राष्ट्रिय एकता र अखण्डताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।

मन्त्रीमा नियुक्त भएलगत्तै बहुल राज्यको कुरा उठाएर विवादमा तानिएका महतोले एक विज्ञप्ति जारी गर्दै आफ्नो अभिव्यक्ति सच्याएका छन् ।

मन्त्री भएलगत्तै शुक्रबार कार्यभार सम्हाल्दै बहुल राज्यको कुरा उठाएपछि महतोको भनाइलाई लिएर चौतर्फी आलोचना भएको थियो ।

महतोले विज्ञप्तिमा आफ्ना भनाइ बङ्ग्याएर र गलत अर्थ लाग्‍ने गरी प्रचार प्रसार भएकोमा ध्यानाकर्षण भएको लेखेका छन् ।

संविधानमा असंतुष्टी रहेकोले संशोधनका लागि कार्यदलमा आफ्ना धारणा राख्‍ने महतोको भनाइ छ ।