
युरोकप अघिको मैत्रीपूर्ण खेलमा रुसले बुल्गेरियालाई हराएको छ ।
शनिबार राति भएको खेलमा रुसले बुल्गेरियालाई १–० गोलले हराएको हो । उसका लागि सोभोलेभले ८४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । फिफा वरीयतामा रुस ३८ औं स्थानमा छ भने बुल्गेरिया ७१ औं स्थानमा रहेको छ ।
यस्तै शनिबार राति नै भएको अर्को खेलमा वेल्स र अल्बानियाले गोलरहित बराबरी खेले । विश्व वरीयतामा १७ औं स्थानको वेल्सले ६६ औं स्थानको अल्बानियालाई हराउन सकेन ।
यस्तै स्वीडेनले अर्मानियालाई ३–१ गोलले हरायो । युरोकप फुटबल आउँदो शुक्रवारदेखि सुरु हुँदैछ ।





प्रतिक्रिया