देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दाहालले भने- प्रतिनिधिसभा पुनर्गठन हुन्छ

देशान्तर

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुर्नस्थापना हुने विश्वास व्यक्त गरेका छन्।

तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय कमिटीको भर्चुअल बैठकमा मंगलबार उनले संविधान अनुसार विघटन नभएको बताए।

न्यायलयले संविधान नै हेर्ने उनको भनाइ छ।

संविधान निर्माणका बेला संविधानसभामा माओवादीले राखेको नोट अफ डिसेन्टलाई जनताको बीचमा लैजान उनले कार्यकर्तालाई आग्रह गरे।

साथै उनले प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेस, जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चा र एमालेको माधव नेपाल पक्ष पनि रहेको बताएका थिए।