देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बामदेवको प्रस्ताव : जेठ २ को स्थायी कमिटी बैठक बोलाऔं [वक्तव्यको पूर्णपाठ]

देशान्तर

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष नेता वामदेव गौतमले २०७५ जेठ २ मा कायम रहेको कमिटीको बैठक बोलाउन अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

उनले दुई वरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवसहितको स्थायी कमिटी बैठक बोलाएर पार्टीभित्र उत्पन्न समस्याका बारेमा छलफल गरी सही मार्गदर्शन गर्न ओलीलाई अनुरोध गरेका हुन् ।

उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले एकताका लागि पेश गरेको ६ बुँदे प्रस्तावपछि पार्टी एकता राष्ट्रिय अभियानको कार्यसम्पादन समितिको बैठक बसेको र बैठकले ओलीको ६ बुँदे प्रस्तावलाई पार्टी एकताको इमान्दार प्रयास मान्न नसकिने निष्कर्ष निकालेको बताएका छन् ।

विज्ञप्तिमा उनले अध्यक्ष ओलीले पार्टी कमिटीलाई निशर्त रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउन तयार नभएको भन्दै एकताको इमान्दार प्रयास मान्न नसकिने उल्लेख गरेका छन् । पार्टी एकता अभियानका संयोजक समेत रहेका गौतमले ओलीको वक्तव्यमा आफ्नै प्रशंसालगायत कुटिल चातुर्यता र जालझेलको अनुमान गर्न सकिने भाषाशैलीको प्रयोग भए पनि ‘नेकपा एमालेलाई २०७५ जेठ ३ गते पूर्वको अवस्थामा अगाडि बढाइने छ’ भन्ने विषय सकारात्मक भएको बताएका छन् ।

एकताको पक्षमा उभिएकालाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने भन्ने विषय एमाले भित्रको समस्यामा ल्याउनु अनुचित भएको गौतमको ठहर छ ।

त्यसैगरी जनवर्गीय संगठनहरुका संरचनाका सम्बन्धमा मूलभूतरुपमा भन्नुको अर्थ २०७५ जेठ ३ पूर्वको जस्ताको तस्तै अवस्थालाई अस्वीकार पनि गर्न सकिन्छ भन्नुलाई इमानदार एकताको प्रयत्न मान्न नसकिने उनले बताएका छन् ।

वामदेवको वक्तव्यको पूर्णपाठ :-