देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सर्वाेच्चमा आजदेखि संसद विघटनकाे मुद्दामा सुनुवाई हुँदै

देशान्तर

प्रतिनिधिसभा विघटनविरुद्वको मुद्दामा आज सुनुवाई हुँदैछ । लगातार दुई दिन स्थगित भएको सुनुवाई आजबाट पुनः शुरु हुन लागेको हो ।

संवैधानिक इजलासमा हुने सुनुवाई आजका लागि पुरक पेशीमा चढेको छ ।
यसअघि दुई दिन प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर राणा अस्वस्थ भएपछि सुनुवाई नै स्थगित भएको थियो ।


सरकारको सिफारिसमा गत जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधीसभा विघटन गरेपछि परेको रिटमा जेठ १४ गतेबाट सुनुवाई शुरु भए पनि विवादका कारण अहिलेसम्म बहस मूल विषयमा प्रवेश गर्न सकेको छैन ।


गत जेठ १४ गते प्रधानन्यायाधीस राणाले दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, बमकुमार श्रेष्ठ र तेजबहादुर केसी सहितको संवैधानिक इजलास गठन गरेका थिए ।


तर निवेदक पक्षले न्यायाधीस श्रेष्ठ र केसीमाथि प्रश्न उठाएपछि विवाद शुरु भएको थियो ।
न्यायाधीस केसीसहितको इजलासले नेकपा खारेज गरि एमाले र माओवादीलाई पूर्ववत अवस्थामा फर्काइदिएका थिए भने श्रेष्ठले उक्त मुद्वामा पुनरावलोकन निस्सा दिन अस्वीकार गरेका थिए ।


विवादपछि प्रधानन्यायाधीस राणाले वरिष्ठताका आधार दोस्रो पटक इजलास गठन गरेपछि सरकार पक्षीय कानुन व्यवसायीहरुले विवाद निकाल्दा सुनुवाई नै अगाडि बढ्न नसकेको हो ।
नयाँ इजलासमा वरिष्ठ न्यायाधीस दीपककुमार काकी र आनन्दमोहन भट्टराईले इजलास छोड्नुपर्ने सरकार पक्षीय माग रहेको छ ।