देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुरक्षा निकायका प्रमुखद्वारा गृहमन्त्रीलाई ब्रिफिङ्ग

देशान्तर

काठमाडौँ – सुरक्षा निकायका अधिकारीहरुले गृहमन्त्री खगराज अधिकारीलाई देशको सुरक्षा अवस्थाबारे ब्रिफिङ्ग गरेका छन्।

गृह मन्त्रालयमा आइतबार बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकमा सेना, प्रहरी तथा अनुसन्धानका अधिकारीहरुले सुरक्षा अवस्थाबारे जानकारी गराएका हुन् ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार नयाँ मन्त्री आएपछिको नियमित बैठक हो।

बैठकमा गृह सचिव महेश्वर न्यौपाने, नेपाली सेनाका रथी प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल तथा मुख्य अनुसन्धान निर्देशक प्रमुख गणेशप्रसाद अधिकारीसहितको सहभागिता थियो।