देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कर्णाली सरकारलाई एमालेको १९ बुँदे मागपत्र

देशान्तर

सिमकोट– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी आर्थिक वर्षको बजेट समावेशी बनाउन माग गर्दै १९ बुँदे मागपत्र बुझाएको छ।

आगामी वर्षको बजेटमा समेट्नुपर्ने विषयहरुमा एमालेले सरकारको ध्यानाकर्षण गरेको हो।

एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नेतृत्वको टोलीले मुख्यमन्त्री शाहीलाई मागपत्र पेश गरेको हो।

मुख्यमन्त्री शाही र नेता कँडेल नेतृत्वको टोली बीच नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल समेत भएको छ।