देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लुम्बिनी प्रदेशको नीति कार्यक्रम बहुमतले पारित

देशान्तर

बुटवल – लुम्बिनी प्रदेश सभामा सरकारले पेश गरेको आर्थिक वर्ष २०७८-८९ को नीति कार्यक्रम पारित भएको छ। नीति कार्यक्रम बहुमतले पारित भएको सभामुख पूर्णबहादुर घर्तीले जनाए।आइतबार नीति कार्यक्रममाथि उठेका जिज्ञासामाथि मुख्यमन्त्री शंकर पोखरेलले जवाफ दिएपछि सदनमा सभामुखले नीति कार्यक्रम पारित गर्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए ।

उनले सो प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका हुन् । विपक्षी दलहरु नीति कार्यक्रम असफल बनाउने रणनीतिमा रहेपनि सरकारको नीति कार्यक्रम भने पास भएको छ । कोभिड–१९ को महामारी नियन्त्रण, व्यवस्थापन र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मंगलबार प्रस्तुत गरेको थियो । दुर्गममा विशेषज्ञ सेवासहितको चिकित्सक खटाउनेदेखि आयुर्वेदिक चिकित्सा पद्धतिलाई प्रभावकारी बनाउने सरकारको नीति छ ।