देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शिक्षकलाई पनि निजामती सरहकै सुविधा दिन कांग्रेसको माग

देशान्तर

काठमाण्डौ– नेपाली कांग्रेसले आउँदो आर्थिक वर्षको बजेटमा निजामती कर्मचारी र शिक्षकको तलब र अन्य सुविधामा भेदभाव गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली कांग्रेसको शिक्षा विभागले निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई प्रदान गरिने सेवा तथा सुविधाको तुलनामा शिक्षक तथा प्राध्यापकको सेवा सुविधामा सरकारले विभेद गरेकाले त्यसलाई तत्कालै सच्याउन माग गरेको हो ।

बजेटले निजामतीलाई १० दिनको बिदा र पारिश्रमिकसहित पर्यटन काज दिने, १० लाख रुपैयाँको दुर्घटना बीमा गर्ने, एक लाख रुपैयाँको स्वास्थ्य बीमाको प्रिमियम सरकारले ब्यहोर्ने जस्ता व्यवस्था गरिएको तर यसबाट शिक्षक तथा प्राध्यापकलाई छुटाइएको भन्दै यस्तो विभेदकारी व्यवस्था नगर्न आग्रह गरेको छ ।