देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सभामुख सापकोटाद्वारा बाढीग्रस्त क्षेत्रको निरीक्षण

देशान्तर

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको बाढीग्रस्त क्षेत्रको निरीक्षण गरेका छन्।

सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा मंगलबार साँझदेखि लगातार आइरहेको भीषण बाढीका कारण तटीय क्षेत्रमा ठूलो क्षति गरेको छ।

सभामुख सापकोटा बुधबार बिहान बाढीग्रस्त क्षेत्रको निरीक्षण गर्न त्यहाँ पुगेका हुन्।

विपदबाट प्रभावित नागरिकको तत्काल उद्धार एवं राहतमा जुट्न उनले सबैमा अपील गरेका छन्।