देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विपद्‌ग्रस्त क्षेत्रमा खटिन वाईसीएलका कमिटीलाई केन्द्रको निर्देशन

देशान्तर

काठमाडौं –नेकपा माओवादी केन्द्र को भ्रातृ संगठन योङ कम्युनिष्ट लिग वाईसीएल ले मातहतका सबै कमिटीलाई विपद्‌ग्रस्त क्षेत्रमा खटिन निर्देशन दिएको छ।

वाईसीएलका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाु र महासचिव सुवोधराज शेर्पालीले प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय तहसम्मका सबै कमिटीलाई जनचेतना, राहत, उद्दारमा खट्न, जोखिमका क्षेत्रहरूको पहिचान गरी अस्थायी रूपमा मासिहरूलाई स्थानन्तरण गर्ने कार्यमा परिचालित हुन निर्देश गरेका हुन्‌।

विपत्तिको यो घडीमा स्थानीय तहसम्मका सबै कमिटीहरूलाई प्रशासनिक निकाय, सामाजिक संघसंस्था तथा अन्य संगठनहरुसँग सहकार्य गरी जोखिम र प्रभावित क्षेत्रमा तत्काल परिचालित हुन वाईसीएलले आह्वान गरेको हो।

पूर्वानुमान अनुसार अबका केही दिन अझै वर्षा हुने सम्भावनालाई मध्यनजर गर्दै सरकारलाई सबै संयन्त्र परिचालन गरी क्षति न्यूनीकरणका काम तत्काल शुरू गर्न माग गरेको छ।

केही दिनयता देशभर परिरहेको अविरल वर्षा र त्यसले पुर्‍याएको क्षतिबारे आफूहरूको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सो संगठनले मनाङ, दाङ, पाल्पा, म्याग्दी, बाग्लुङ, कास्की र सिन्धुपाल्चोकमा हुन गएको क्षति सामान्य विज्ञप्तिमा लेखेको छ।