देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कार्यकर्तालाई उद्धार र राहतमा जुट्न तरुण दलको निर्देशन

देशान्तर

काठमाडौं – नेपाल तरुण दल केन्द्रीय समितिले आफ्ना सबै कार्यकर्ताहरुलाई बाढी पहिरोबाट विपत्तीमा परेकाहरुको उद्धार तथा राहतको काममा जुट्न निर्देशन दिएको छ । अध्यक्ष जितजंग बस्नेतले सबै जिल्ला समितिहरुलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएका हुन् । सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरी उद्धार तथा राहतको काममा जुट्न परिपत्रमा भनिएको छ ।

‘आफ्नो जिल्ला, क्षेत्रमा हुन् सक्ने विपद जोखिमको पूर्वानुमान गरी सचेत रहन र अरुलाई पनि सचेत गराउँदछु,’ पत्रमा अगाडि भनिएको छ, ‘जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न, उद्धार र राहत वितरण कार्यमा जुट्न जिल्ला एवं स्थानीय तहका सम्पूर्ण तरुण युवा साथीहरुलाई नेपाल तरुण दल केन्द्रीय समिति निर्देशन गर्दछ ।’ ‘विपदका बेला कार्य गर्ने सुरक्षा निकाय, जिल्ला प्रशासन, स्थानीय तह, जनप्रतिनिधि, रेडक्रस लगायतका सामाजिक संघ संस्थाहरु एवं मातृपार्टी र अन्य भातृसंगठन संग पनि आवश्यक समन्वय सहकार्य गर्न निर्देशनसहित यो परिपत्र गरिन्छ,’ अध्यक्ष बस्नेतले लेखेका छन् ।