देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विपत्तिमा ज्यान गुमाउनेहरूप्रति एमालेको श्रद्धाञ्जली

देशान्तर

काठमाडौँ –प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति नेकपा ९एमाले०ले श्रद्धाञ्जली अर्पण गरेको छ।

मृतकका परिवारका लागि राहत उपलब्ध गराउन, बेपत्ताको खोजी गर्न र बाढीले बेघरबार बनाएका परिवारका लागि अस्थायी बसोबासको प्रबन्ध गर्न नेकपा एमालेले प्रेस वक्तव्य जारी गरी सरकारसँग आग्रह गरेको छ।

बाढी पहिरोका कारण सिन्धुपाल्चोक, मनाङ, म्याग्दी, गुल्मी, पाल्पा, रुपन्देही, बागलुङ, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम गोरखा, लमजुङलगायत जिल्ला बढी प्रभावित भएका छन्।

कतिपयको ज्यान गएको छ भने कैयौं बेपत्ता भएका छन्। सयौं परिवार घरबारबिहीन हुनुपरेको छ।