देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कस्तो छ दिल्लीमा उपचाररत पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था ?

देशान्तर

काठमाडौं । भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचारत नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य सुधारोन्मुख बनेको छ ।

पोष्ट कोभिडको समस्या देखिएपछि उपचारका लागि खनाल दिल्लीस्थित एपोलो अस्पताल भर्ना भएका छन् । खनालको फोक्सोमा देखिएको पानीको मात्रा घटेको र सामान्य वार्डमा राखिएको उनको सचिवालयले जनाएको छ । अहिले खनाल खाना खान सक्ने अवस्थामा रहेको पनि जनाइएको छ ।

दिल्ली लैजानु अघि खनालको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार गरिएको थियो । पहिला पनि खनालले दिल्लीमै उपचार गराउँदै आएकाले पारिवारिक सल्लाहमा नर्भिक अस्पतालले सोही अस्पतालमा लैजान सुझाव दिएको थियो ।