देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बन्द प्रशिक्षणका लागि क्यानद्वारा २० खेलाडी छनोट

देशान्तर

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी क्रिकेट विश्वकप लिग टूअन्तर्गत नामिबिया र स्कटल्याण्डसँगको त्रिकोणात्मक क्रिकेटका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

क्यानले शुक्रबार,आगामी जुलाइमा स्पेनमा हुने खेलका लागि शुक्रबार बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट गरेको हो ।

बन्द प्रशिक्षणका लागि शरद भेषावकर र पृथु बाँस्कोटा परेका छन् भने बशन्त रेग्मी र रोहितकुमार पौडेल भने २० जनामा अटाउन सकेका छैनन् ।

बन्द प्रशिक्षणका लागि छानिएका खेलाडीमा ज्ञानेन्द्र मल्ल, पारस खड्का, शरद भेषावकर, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, पृथु बास्कोटा, आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ सेख, अविनाश बोहरा, कमल सिंह ऐरी, विक्रम सोब, सुशान भारी, सन्दीप जोरा, पवन सर्राफ, साहब आलम बोलाइएका छन् ।

नेपालका मुख्य प्रशिक्षक डेभ वाटमोर श्रीलंकाबाट नेपाल आइसकेका छन् । बन्द प्रशिक्षण आइतबार वा सोमबारबाट शुरु गर्ने तयारी रहेको क्यान स्रोतले जनाएको छ ।

लिग अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलेको छ । ४ अंक जोडेको नेपाल छैटौं स्थानमा छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा छ ।