देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

युरोकपमा आज समुह डी का दुई खेल हुदै

देशान्तर

काठमाडौँ – युरोकप अन्तर्गत आज दुई खेल हुदै छन् । समुह डी अन्तर्गतका दुई खेल क्रोसिया र स्कटल्याण्ड तथा इङल्याण्ड र चेक रिपब्लिक बीच नेपाली समय अनुसार राति १२:४५ बजे खेल हुदै छ । समुह डी अन्तर्गत चेक रिपब्लिकले २ खेलमा एक जित र एक बराबरी खेल्दै ४ अंकसहित शिर्ष स्थानमा रहेको छ भने इङल्याण्डले पनि ए खेलमा एक जित र एक बराबरीसहित ४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै क्रोसियाले दुई खेलमा एक बराबरी र एक हार बेहोर्दै केवल एक अंक र स्कटल्याण्डले पनि एक बराबरी र एक हारसहित एक अंक हासिल गरेको छ । समुह डी बाट इङल्याण्ड र चेक रिपब्लिक नक आउट चरणमा लगभग पुग्ने देखिएको छ । अहिले चार-चार अंक भएपनि दुवै बीच आज हुने खेलले समुहमा पहिलो कुन टिम हुने भन्ने टुंगो लाग्ने छ ।

त्यस्तै यस खेलमा बराबरी खेलेमा दुवै टिम नकआउट चरणमा सिधै पुग्ने छन् । त्यस्तै एक टिमले जितेमा भने पराजित हुने टिमको पनि नकआउट सम्भावना कायम रहेको छ । यस समुहको अर्को खेलमा क्रोसिया र स्कटल्याण्डबीचको नतिजाले पनि धेरै कुराको निर्धारण हुने देखिन्छ । क्रोसिया र स्कटल्याण्डलाई नकआउट चरणमा आफ्नो सम्भावना बनाउन जित नै निकाल्नु पर्ने देखिएको छ ।

दुवै टिम बराबरी खेलमा प्रतियोगिताबाट नै बाहिरिने छन् भने जित निकालेमा जित्ने टिम समुहमा दोस्रो भएर सिधै नकआउटमा पुग्ने या तेस्रो स्थानमा रहेका टिम मध्ये उत्कृष्ट चारमा परेर नकआउटमा पुग्ने सम्भावना कायम रहन्छ ।