देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

त्रिकोणीय सिरिजको तयारीका लागि बन्द प्रशिक्षण आजदेखि शुरु

देशान्तर

काठमाडौँ – आइसीसी सिडब्लुसी लिग-२ अन्तर्गत स्पेनमा हुने नेपाल, नामिबिया र स्कटल्याण्डबीचको त्रिकोणीय सिरिजका लागि नेपाली क्रिकेट खेलाडीको बन्द प्रशिक्षण आजदेखि शुरु भएको छ ।

नेपाल क्रिकेट संघले बन्द प्रशिक्षणका लागि असार ४ गते २० खेलाडी छनौट गरेको थियो । जसमा पृथु बास्कोटाले निजि कारण देखाउदै बन्द प्रशिक्षणमा भाग नलिने जानकारी दिएका छन् ।    

बन्द प्रशिक्षणका लागि छानिएका खेलाडीमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ सेख, पारस खड्का, दीपेन्द्र सिंह ऐरी, आसिफ सेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमल सिंह ऐरी, अविनाश बोहोरा, सन्दीप जोरा, साहब आलम, सुशान भारी, शरद भेस्वाकर, विक्रम सोब, पवन सराफ रहेका छन् ।

गत सेप्टेम्बरमा नै हुनुपर्ने सिडब्लुसि लिग-२ कोरोना महामारीले स्थगित भएको थियो भने अब स्पेनमा आउदो जुलाईमा हुने तय भएको छ ।