देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

स्वास्थ्यमन्त्री तामाङको १९ दिन : गाँजाको औषधीय उपयोग र अनुसन्धानको पहल शुरु

देशान्तर

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको फेहरिस्त सुनाएका हुन् ।

उनले कोरोना नियन्त्रणका लागि आफूले इमान्दार प्रयत्न गरेको र खोप ल्याउनेसम्बन्धी सबै प्रकृया पूरा गरेकोले केही दिनमा नै खोप आउने सुनिश्चित भएको दाबी गरेका छन् ।

उनले पछिल्लो राजनितिक घटनाक्रमले खोप आउन ढिलो हुने र नेपाली नागरिकको जीवनमाथि नै तलमाथि भएमा त्यसको नैतिक जिम्मेवारी पनि आफूले लिने धारणा राखेका छन् । ‘पछिल्लो राजनितिक घटनाक्रमले खोप आउन ढिलो हुने र नेपाली नगरिकको जीवनमाथि नै तलमाथि भएमा त्यसको नैतिक जिम्मेवारी मेरो हुनेछ ।’ उनले लेखेका छन्, ‘यदि राजनीतिको खेलमा नेपाली नागरिकको जीवनमाथि खेलवाड गर्ने छुट कसैलाई छैन ।’

तामाङले सबै नेपाली जनताको स्वास्थ्य उपचार निःशुल्क गर्ने म्बन्धी छलफल र प्रारम्भिक प्रक्रिया शुरुवात गरेको बताएका छन् । उनले सम्पूर्ण सरकारी अस्पतालहरुलाई सुविधासम्पन्न बनाई अस्पतालमा आउने सबै बिरामीलाई उपचारको सुनिश्चितता गर्ने प्रकृयाको आरम्भ भएको दाबी गरेका छन् । यसैगरी गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागि पहल शुरु भएको स्पष्ट पारेका छन् ।