देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संविधानको धारा ७६ उपधारा ५ प्रतिनिधिसभा सदस्यका लागि ‘ब्रह्मास्त्र’ हो : श्रेष्ठ

देशान्तर

काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि आज पनि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ। शेरबहादुर देउवासहित १४६ जना सांसदले दायर गरेको रिटमा अहिले बहस भइरहेको छ । बुधबारदेखि रिट निवेदक पक्षका अधिवक्ताहरूले संवैधानिक इजलासमा बहस गरिरहेका छन्।

संवैधानिक इजलासमा बहस गर्नेक्रममा बरिष्ठ अधिवक्ता रमण श्रेष्ठले संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार निर्माणका लागि सांसदहरु स्वतन्त्र हुने तर्क अघि सारेका छन्।

संविधानको धारा ७६ उपधारा ५ प्रतिनधिसभा सदस्यहरूका लागि ब्रह्मास्त्र भएको उनको जिकिर छ । ‘संविधानको धारा ७६ को उपधारा ५ प्रतिनधिसभा सदस्यका लागि ब्रह्मास्त्र हो’ श्रेष्ठले भने, ‘त्यो अधिकार विशेष रूपमा प्रतिनिधिसभा सदस्यहरूलाई दिइएको हो।’

यस कारण सांसदहरुले विशेषाधिकार प्रयोग गरेर सरकार गठन गर्नसक्ने उनले दावी गरे। प्रतिनिधिसभाले अन्तिम सम्म पनि सरकार गठनको प्रयास गरोस् भनेर प्रतिनिधिसभा सदस्यलाई यो अधिकार दिएको उनको तर्क छ ।