देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नामिबिया, स्कटल्यान्ड र नेपालसम्मिलित त्रिकोणात्मक शृंखला स्थगित

देशान्तर

काठमाडौँ – आईसिसी विश्वकप लिग- २ अन्तर्गत स्पेनमा हुने भनिएको नामिबिया, स्कटल्यान्ड र नेपालसम्मिलित त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला स्थगित भएको छ।

नामिबियामा कोरोना संक्रमण बढेको र यात्रामा कडाई गरेकाले शृखला स्थगित भएको आईसिसीले जनाएको छ। अब यो शृंखला सन् २०२२ को जुलाईमा हुने छ।

आगामी एकदिवशीय विश्वकपको छनोट प्रतियोगिताका रुपमा रहेको विश्वकप लिग(२ मा नेपालले ९ वटा त्रिकोणात्मक शृंखला खेल्नु परे पनि हालसम्म एउटा मात्र खेलेको छ।

नेपालका खेलहरु महामारीले प्रभावित भएका छन्।