देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विश्व टेस्ट च्याम्पियनसिप वर्षाको कारण स्थगित

देशान्तर

काठमाडौँ – भारत र न्युजिल्यान्डबीच जारी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल वर्षाको चपेटामा परेको छ। पहिलो दिन वर्षाले टस हुन नसकेको खेलको दोस्रो र तेस्रो दिन खेल भए पनि पुन चौथो दिन वर्षा बाधक बन्दा खेल हुन सकेन।

पहिलो इनिङमा न्युजिल्यान्डको स्कोर १०१ को अबस्थामा २ विकेट गुमाएर क्रिजमा रहेको थियो। कप्तान केन विलियमसन १२ तथा रोस टेलेर शून्य रनमा अविजित छन्। भारतले पहिलो इनिङमा २१७ रन बनाउँदा अलआउट भएको थियो।

खेलको पाँचौँ दिन पनि वर्षाको सम्भावना छ। रिजर्व डेमा खेल हुने निश्चित छ। तर, खेल बराबरी हुने सम्‍भावना बढ्दै गएको छ।