देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विमलेन्द्र, शशांक र प्रकाशमानबीच भेटवार्ता

देशान्तर

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति, महामन्त्री र पूर्वमहामन्त्री छलफलमा जुटेका छन्।

कांग्रेसको १४ औं महाधिवेशन नजिकिएका बेला सभापतिमा तयारी गरिरहेका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच छलफल भइरहेको छ।

‘केहीबेर अगाडिदेखि उहाँहरूबीच छलफल भइरहेको छ,’ महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले बताएका छन् ।

स्रोतकाअनुसार उनीहरूबीच महाधिवेशनमा एक जना उम्मेदवार हुने गरी छलफललाई तीव्रता दिइरहेका छन्।

यसअघि यी तीन नेताहरू उपसभापति निधिको निवासमा कुराकानी गरेका थिए। महाधिवेशनसम्म नै छलफललाई निरन्तरता दिने त्यसबेला उनीहरूबीच सहमति थियो। शुक्रबार वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि महाधिवेशन केन्द्रित बैठक राखेका छन्। दिउँसो २ बजे उक्त बैठक हुनुअगाडि अहिले निधि, कोइराला र सिंहबीच भेटवार्ता भएको छ।

कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म हुने बताइएको छ