देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संसदीय सुनुवाइको प्रक्रिया पूरा नगरि संवैधानिक निकायमा नियुक्ती गरेको भन्दै कांग्रेस नेतृ संग्रौलाको आपत्ति

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसकी नेतृ डा। डिला संग्रौलाले संसदीय सुनुवाइको प्रक्रिया पूरा नगरी संवैधानिक निकायको नियुक्ति गरिनु संविधानको मर्म र भावना बिपरितको कार्य भएको टिप्पणी गरेकी छन् ।

नेतृ संग्रौलाले सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई कतिसम्म संसदीय व्यवस्थाको हुर्मत काढ्ने हो प्रश्न समेत गरेकी छिन् ।

कार्यकारी पदमा बसेर पनि प्रधानमन्त्री ओलीले स्वेच्छाचारी काम गरेको नेतृ संग्रौलाको आरोप रहेको छ ।

“कार्यकारीको रुपमा रहेका प्रधानमन्त्री केपि ओलिको मनोमानी एवम स्वच्छचारिताले राज्यका अंगहरु बिचको शक्ति सन्तुलनलाई क्षतबिक्षेत पार्दै अद्यादेश मार्फत संसदीय सुनुवाइको प्रक्रिया पूरा नगरी अदालतमा मुद्दा चलिरहेको अबस्थामा संबैधानिक निकायको नियुक्ति गरिनु संविधानको मर्म र भावना बिपरितको कार्य हो ।

” उनले भनेकी छिन् ।”कतिसम्म संसदीय व्यवस्थाको हुर्मत काढ्ने हो प्रधानमन्त्री ज्यु रु अब त अति भयो । जनतामा मुख देखाउनु पर्छ कि पर्दैन रु थोरै भए पनि सोच बिचार गरौं । आम नेपाली जनताले प्रधानमन्त्री ओलीलाई सद्बुद्धि दिउन् ।”