देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमालेकाे स्थायी कमिटी बैठक बस्दै

देशान्तर

सत्तारूढ नेकपा एमालेले स्थायी कमिटी बैठक डाकेको छ । अहिले बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक डाकिएको हो ।

बिहान ९ बजे प्रधानमन्त्री निवासमा बैठक बस्न लागेको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीति, सरकारका विभिन्न निर्णयबारे अदालतका पछिल्ला फैसला, पार्टीभित्रको विवाद र एकताका लागि भइरहेको पहलका विषयमा छलफल हुने उनले जानकारी दिए ।