देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रियसभाको बर्षे अधिवेशनको पहिलो बैठकमा सरकारले १२ वटा अध्यादेश पेश गर्ने

देशान्तर

काठमाडौँ – बिहिबार अपराह्न ४ बजे बस्ने राष्ट्रियसभाको बर्षे अधिवेशनको पहिलो बैठकमा सरकारले १२ वटा अध्यादेश पेश गर्ने भएको छ । सरकारले पेश गर्ने अध्यादेशको विपक्षी दलहरुले बिरोध गर्ने भएका छन् ।

केही राम्रा अध्यादेशको विरोध नगरे पनि अन्य अध्यादेशको बिरोध गर्ने राष्ट्रिय सभामा माओवादी केन्द्रका संसदीय दलका नेता दीनानाथ शर्माले जानकारी दिए
‘कार्यव्यवस्था परामर्श समितिको बैठकमा अध्यादेशमा बिरोध हुन्छ भनेर हामीले भनेका छौँ । कतिपय राम्रा अध्यादेश छन्, तिनको बिरोध गर्ने भन्ने कुरा भएन । तर, जुन विरुद्धमा अदालतमा समेत रिट परेको छ, त्यसमा बिरोध गर्ने भन्ने कुरा भएको छ,’ शर्माले भने, ‘आज विधेयक पेश हुने मात्र हो । विधेयकमाथि विरोधको सूचना दर्ता गर्नेबारे पनि हामी सल्लाह गरिरहेका छौँ ।’

उनले माधव नेपाल पक्षले पनि साथ दिए अध्यादेश पारित नहुने बताए ।

उता नेपाली कांग्रेसले पनि सरकारले पेश गर्ने अध्यादेशको बिरोध गर्ने बताएको छ । राष्ट्रिय सभामा कांग्रेस प्रमुख सचेतक अनिता देवकोटाले अध्यादेशबाट मुलुक चलाउने कामको काँग्रेस विपक्षमा रहेको बताइन् । सरकारले ल्याएको अध्यादेश असफल पार्न कांग्रेसले महत्वपूर्ण भूमिका खेल्ने देवकोटाले बताइन् । राष्ट्रिय सभामा कसरी प्रस्तुत हुने भन्ने बारेमा कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ