देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रिय सभामा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने

देशान्तर

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभामा सम्बोधन गर्ने भएकी छिन् । राष्ट्रिय सभा सचिवालयका अनुसार आइतबार वा सोमबारतिर राष्ट्रपतिले सम्बोधन गर्नेगरी तयारी थालिएको छ । संविधानको धारा ९५ अनुसार राष्ट्रपति भण्डारीले राष्ट्रिय सभालाई सम्बोधन गर्न लागेकी हुन् ।

बिहीबार हिउँदे अधिवेशन सुरु हुनुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति भण्डारीले सम्बोधन गर्नेबारे जानकारी गराएका हुन् । राष्ट्रपति भण्डारीले राष्ट्रिय सभामा सम्बोधन गर्ने चासो व्यक्त गरेको र त्यसको तयारी थालिइसकिएको अध्यक्ष तिमिल्सिनाले बताएका थिए ।

राष्ट्रिय सभाको आठौं अधिवेशन संघीय संसद् भवन बानेश्वरमा बिहीबारबाट सुरु हुँदै छ । प्रतिनिधिसभा दोस्रो पटक विघटन भएको अवस्थामा माथिल्लो सदनको बैठक सुरु हुन लागेको हो । बिहीबारको बैठक अपरान्ह ४ बजेदेखि सुरु हुने कार्यसूची रहेको छ ।