काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे बस्ने गरि मन्त्रिपरिषदको बैठक बोलाएका छन्।
सरकारी निवास बालुवाटारमा बस्ने बैठकले रिक्त रहेका ४ सचिवको नियुक्ति गर्ने जनाइएको छ। सचिव रिक्त रहेका स्थानमा पदपूर्तिका लागि लोकसेवा आयोगले सहसचिव बढुवाको सिफारिस गरेको छ।
आयोगले प्रशासन समूहबाट सहसचिवहरू गणेश पाण्डे, मधुसूदन बुर्लाकोटी र कृष्णहरि पुष्करलाई सिफारिस गरेको छ। उनीहरुमध्ये एकजना सचिव नियुक्त हुनेछन्। यस्तै प्रशासन सेवाबाट एक जनामात्र सहसचिव डा।दामोदर रेग्मी सिफारिस भएकाले उनी सचिव बन्ने पक्का छ।
यस्तै कृषि तथा वन समूहबाट सहसचिव कृष्णप्रसाद आचार्य, निरु दाहाल र दिपक खराल सिफारिस भएका छन्। इन्जिनियरिङ सेवाबाट प्रमिला बज्राचार्य, सुशीलचन्द तिवारी र गोपालप्रसाद सिग्देल सिफारिस भएका छन्। सो समूहबाट एक–एक जना सचिव बन्नेछन्।





प्रतिक्रिया