देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माधव नेपाल समूह केन्द्रीय कमिटी बैठकमा नजाने

देशान्तर

काठमाडौं – नेकपा एमालेको माधवकुमार नेपाल-झलनाथ खनाल पक्ष यथास्थितिमा ओलीले बोलाएको वैठकमा नजाने भएको छ । नेपाल-खनाल पक्षको बिहीबार बसको स्थायी कमिटी बैठकले यथास्थितिमा ओलीले बोलाएको बैठकका लागि बालुवाटार नजाने निर्णय गरेको हो ।

नेपाल-खनाल पक्षको स्थायी कमिटी बैठकले यथास्थितिमा शुक्रबार बोलाइएको केन्द्रीय कमिटी बैठकमा नजाने सर्वसम्मत निर्णय गरेको हो । बैठकले पार्टी एकताका लागि आह्वान समेत गरेको छ । ओलीले बोलाएको बैठकमा नजाने विषयमा माधव समूहका सबै नेता एकमत देखिएको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् ।

बैठकमा नेता योगेश भट्टराईले समेत यथास्थितिमा बालुवाटार जान नसक्ने बताएका थिए । माधव समूहले प्याकेजमा सहमति गरिनुपर्ने बताउँदै आएको छ । ओलीले पार्टीलाई २०७५ जेठ २ मा फर्काउने प्रचार गरे पनि कार्यान्वयन भने गरेनन् ।