देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बाढी/पहिरोले भत्काएका घर सरकारले बनाइदिने

देशान्तर

काठमाडाैं । सरकारले बाढीबाट क्षति पुगेका घर सरकारले बनाइदिने भएकाे छ । आइतबार राष्ट्रियसभाको बैठकमा गृहमन्त्री विष्णु पौडेलले बाढीबाट क्षति पुगेका घर सरकारले बनाइदिने जानकारी दिएका हुन् ।

अर्थमन्त्रीसमेत रहेका पौडेलले विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि २०७७ बमोजिम क्षति पुगेका आवासको पुनर्निर्माण गरिने पनि बताए । यस्तै बाढी र पहिरोबाट पीडित ५ सय ७२ परिवारलाई ५० हजार रुपैयाँ का दरले राहत दिने पनि उनले बताए ।

गृहमन्त्री पौडेलले भने‚ ‘यो वर्ष असार १६ गतेसम्म पूर्ण तथा आंशिक घर क्षति भएका ५ सय ७२ परिवारका लागि अस्थायी बसोबास गर्न प्रतिपरिवार ५० हजारका दरले २ करोड ८६ लाख रुपैयाँ उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ ।’ बाढीपहिरोबाट यो वर्ष अहिलेसम्म ५ सय ६५ घरमा पूर्ण र १ सय १२ घरमा आंशिक क्षति भइसकेको सरकारी तथ्यांक छ ।