देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बाग्मती प्रदेश सभाकाे बैठक बस्दै

देशान्तर

वाग्मती प्रदेशसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे बस्न लागेको हो ।

आइतबार अपराह्न तीन बजे बस्ने भनिएको बैठक विशेष कारण देखाउँदै आज दिउँसो एक बजेसम्मका लागि सारिएको थियो ।

विपक्षी दलहरुले विनियोजित बजेटमा माग गरिएअनुसारको योजना नभएको र बजेट वितरणमा पक्षपात गरेको आरोप लगाउँदै संसद् बैठक अवरुद्ध गर्दै आएका छन् ।

सहमतिको प्रयासमा आइतबार हेटौंडामा सर्वदलीय बैठक बसेको थियो ।

सभामुख सानु कुमार श्रेष्ठले आह्वान गरेको बैठक दिउँसो १ बजे बस्ने र बैठकमा विनियोजित बजेट शीर्षकमा छलफल पुनः सञ्चालन गर्ने सहमति भएको जनाइएको छ ।

सर्वदलीय बैठकमा सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डे, नेकपा माओवादी केन्द्रका शालिकराम जम्मकट्टेल, नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ, साझा विवेकशील दलका रमेश पौड्याल र सत्तारुढ दलका प्रमुख सचेतक दीपक निरौला सहभागी थिए ।