देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विश्वासको मत लिन नसकेका ओलीलाई पुनः प्रधानमन्त्री नियुक्त गर्नु गैरसंवैधानिक अधिवक्ता : वैद्य

देशान्तर

काठमाडौं – संसद् विघटनविरुद्धको मुद्दामा राय दिन गठित एमीकस क्यूरिका सदस्य बरिष्ठअधिवक्ता राघवलाल वैद्यले  प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः प्रधानमन्त्री नियुक्त गर्नु असंवैधानिक भएको दाबी गरेका छन्।

सोमबार संवैधानिक इजलासमा राय दिँदै वैद्यले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेका ओलीलाई संविधानको धारा ७६ ९३० अनुसार पुनः प्रधानमन्त्री नियुक्त गर्नु गैरसंवैधानिक काम भएको दाबी गरेका हुन्।

वैद्यले भने,‘जतिखेर उहाँले विश्वासको मत आर्जन गर्न सक्नुभएन, त्यति बेला पनि उहाँ नेकपा एमालेको नेतै हुनुहुन्थ्यो। नेता परिवर्तन भएको छैन, जुन व्यक्तिले विश्वासको मत पाएको छैन, त्यसैलाई फेरि नियुक्ति गर्नु गैरसंवैधानिक हो।’ ओली अहिलेसम्म पदमा बस्नु भनेको पनि गैरसंवैधानिक भएको उनको तर्क छ।

विश्वासको मत नपाउनु भनेको त्यही पदमा पुनः दाबी गर्न नपाइने भएको उनको भनाइ छ। विश्वासको मत गुमाएको प्रधानमन्त्रीको हैसियत के हो भनेर राष्ट्रले थाहा पाउनुपर्ने भन्दै वैद्यले यो विषयमा देशलाई गुमराहमा राखिएको समेत आरोप लगाए।

उनले भने,‘विश्वासको मत पाएनौं भने घर जाउँ भनेको हो,’ ‘फेरि त्यहीँ पदमा दाबी गर भन्या होइन। त्यही दलको नेताको रूपमा सत्तामा बस् भन्या होइन्।’ एमाले पार्टीभित्रको झगडाको रिसले ओलीले पटकपटक संसद विघटन गरेको समेत उनले दाबी गरे।